लागूऔषध प्रयोग नियन्त्रण र प्रयोगकर्ताको उपचारको लागी प्रहरीको सहकार्य आवश्यक

नेपालगन्ज : देशमा बिकराल समस्यको रुपमा रहेको लागू औषध प्रयोग नियन्त्रण र सुधारको लागि स्थानीय प्रहरी प्रशासनको सहकार्य आवश्यक रहेको सरोकारवाला निकायले बताएका छन् ।

सेभ दि चिल्ड्रेनको सहयोगमा चेन्ज टिम नेपालगन्जले बुधबार नेपालगन्जमा आयोजना गरेको एक कार्यशालामा बोल्दै समाजमा रहेका लागूपदार्थ दुर्ब्यशनलाई उपचार गरेर समाजमा स्थापित गर्न स्थानिय प्रहरी प्रशासनको सहयोग र समन्वय आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा संस्थाको कार्यक्रम संयोजक इन्द्रा कुमारी जिसिले कार्यक्रमको बारेमा प्रकाश पार्दै चेन्ज टिमले सुईद्वारा लागू औषध प्रयोग गर्नेहरुका लागि तत्कालको क्षती न्यूनीकरण गर्नको लागि कार्य गर्दै आएको बताउनुभयो ।

लागु औषध प्रयोगकर्ता विशेषगरि देखासिखि, तनाव कम गर्ने भ्रम, अनुभव गर्ने बहाना, आर्थिक अभाव जस्ता विभिन्न कारणले युवापुस्ता कुलतमा होमिदै गएको यथार्थलाई चिर्न सबै सरोकारवाला निकायहरू समन्वय गरेर काम गर्न सके लक्ष्य हासिल हुने जिसिले बताउनुभयो ।

त्यस्तै कार्यक्रममा बोल्दै चेन्ज टिम नेपालगन्जका अध्यक्ष प्रविण बिसिले लागू औषध प्रयोगकर्ताको उपचार र समुदायमा स्थापित गर्न प्रहरीले ठूलो रोल खेल्न सक्ने बताउनुभएको छ ।

कतिपय अवस्थामा प्रहरी समक्ष पुगेका लागू औषध प्रयोगकर्तालाई लागु औषध प्रयोग बिरुद्ध कार्य गर्दै आएका संघ संस्था संग समन्वय गरेर उनिहरुलाई काउन्सेलिङ तथा सुधारकेन्द्र पठाउन सके लागू औषध बाट त्यस्ता ब्यक्तिहरु टाढा रहने सम्भावना हुन्छ । त्यसैले पनि हाम्रो मात्रै एकल प्रयासले लागू औषध प्रयोग घटाउन र क्षती न्यूनीकरण गर्न प्रहरी तथा सरोकारवाला निकायको समन्वय जरुरी छ , अध्यक्ष बिसिले बताउनुभयो ।

कार्यक्रममा चेन्ज टिमले गर्दै आएको कार्यक्रम तथा चेन्ज टिमको उदेश्य माथी समेत प्रकाश पारिएको थियो । कार्यक्रममा बाँके जिल्लाका सबै इलाका प्रहरी, जिल्ला प्रहरी कार्यालयबाट प्रतिनिधित्वको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानिय तहमा पुगेर स्थानीय तह संगको समन्वयमा जनचेतनामूलक कार्यक्रम र संदेश प्रवाह गर्नु पर्ने धारणा चेन्ज टिमका परियोजना अधिकृत यशोदा ज्ञवालीले बताउनुभयो ।

२०६३ सालमा स्थापना भएर लगातार रुपमा एचआईभी एड्स , हेपाटाइटिस र लागू औषध जस्ता इसुमा काम गर्दै आएको चेन्ज टिमले अहिले मेथाडोन बिधिको उपचार पद्धती सन्चालन गर्दै आएको छ । प्रभावकारी बन्दै गएको उक्त मेथाडोन बिधिबाट धेरै युवा युवतीहरुलाई लागुऔषधको कुलतबाट उन्मुक्ति दिलाउन सकिएको छ ।

प्रतिक्रिया