खजुरा सैनिक बहुउश्यीय संस्थाको १६ औं साधारण सभा सम्पन्न

खजुरा :

खजुरा सैनिक बहुउश्यीय संस्था लिमिटेडको १६ औ साधारण सभा सम्पन्न

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित रहेको खजुरा सैनिक बहुउश्यीय संस्था लिमिटेडको १६ औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभा पछि भएको अधिवेसनले निर्विरोध उमा कुमारी थापाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

कार्यसमिति उपाध्यक्ष खगी कुमारी राना, सचिवमा नारद प्रसाद शर्मा, कोषध्यक्षमा विजयलक्ष्मि क्षेत्रि निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरुमा गगन सिंह रोकाय, रन्जीत गुरुङ्ग, झुपकलि मगर, मोहन राना, लक्ष्मि पर्वते, अमृता नेपाललाई चयन गरिएको छ ।

समितिको लेखा संयोजकमा खडक बहादुर सलामी निर्वाचित भए भने सदस्यमा अस्मिता सुनार र चेत बहादुर रानालाई चयन गरिएको सस्थाले जनाएको छ ।

प्रतिक्रिया