कोभिड नियन्त्रणमा जनजागरणको सहकार्य

खगेन्द्र दाहाल, खजुरा : बाँकेको खजुरामा रहेको जनजागरण समाजले गत वर्ष देखिनै कोभिड नियन्त्रणमा सहयोगि भुमिका निभाउदै सहकार्य गर्दै आएको छ ।

समाज रुपान्तरणका लागी ग्रामिण समुदायमा रहेर काम गर्दै आइरहेको जन जागरणले स्थानिय सरकारसगं सहकार्य गरि कोभिडको लडाई लड्न मद्धत पुगाएको थियो । खजुरा र जानकी गाउँपालिकामा रहेका आर्थिक अवस्था कमजोर रहेका, मदेशि, मुस्लिम महिला तथा अल्पसङख्यकलाई विशेष जोड दिदै काम गर्दै आएको छ ।

जन जागरण समाजका कार्यकारी व्यवस्थापक राम बहादुर पुनले सस्थाको उदेश्य भनेकै स्थानिय स्तरमा रहेका उत्पीडित समुदायलाई शिक्षा तथा स्वरोगार बनाउन विभिन्न किसिमका कार्यक्रमहरु संचालन गर्दै आएको बताउनुभयो । समाजका कार्यकारी व्यवस्थापक पुनले स्थानिय सरकारले विपत सगं लड्न बनाएको योजनामा सहयोगि भुमिका निभाउन समाजले संचालन गरिरहने कार्यक्रमहरुलाई कटौति गरेर भएपनि सहकार्य गर्ने गरेको उल्लेख गर्नुभयो ।

स्थानिय सरकारलाई लाखौ मुल्य पर्ने स्वास्थ्य शुरक्षा सामाग्री समाजले यस पटक पनि विभिन्न चरणमा गरेर सहयोग हस्तान्तरण गरेको हो । जनजागरण समाजले सहकार्य गर्दै आइरहेको सस्थाहरुसगं समन्वय गरि उक्त सहयोग गर्ने गरेको छ ।

गत वर्ष जस्तै यस वर्ष पनि बिएमडिएमआई नेपालको आर्थिक सहयोगमा कोभिड–१९ महामारी बिरुद्धको दोस्रो चरणको संक्रमणको रोकथाममा सहकार्य गर्न खजुरा तथा जानकी गाँउपालिकाहरुद्धारा सञ्चालित कोरोना आईसोलेशन प्रयोजनका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षा सामग्रीहरु सम्बन्धित गा.पा.का स्वास्थ शाखालाई हस्तान्तरण गरिएको थियो ।

जन जागरणको अगुवाईमा फेल्म नेपाल र संस्थागत बिकास संजालको सहयोगमा खजुरा र जानकी गाउँपालिकाले संचालन गरेको आईसोलेसन सेन्टरलाई पनि स्वास्थ्य समाग्री हस्तन्तरण गरिएको थियो । स्वास्थ्य समाग्रीहरुमा पि पि ई सेट, के एन मास्क, सेनिटाइजर, सर्जिकल मास्क, अक्सीमिटर, डिजिटल थर्मोमिटर लगाएतका प्रदान गरेको थियो ।

जन जागरण समाजले आफ्ना सहयोगि दाता सस्थाहरुसगं सहकार्य गरि स्थानिय सरकारलाई कोभिड विरुद्धको चोटमा मलम लगाएको हो । खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले जन जागरण समाजले साचिक्कै समाज रुपान्तरणमा उल्लेख्य भुमिका निभाएको प्रतिक्रिया दिनुभयो ।

प्रमुख कक्षपतिले सुख र दुखमा जनजागरणको साथ पालिकाका जनताले पाउने गरेको उल्लेख गर्नुभयो । प्रमुख कक्षपतिले स्थानिय सरकारलाई सघाउन गरेको सहयोग प्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

प्रतिक्रिया