विपक्षी गठबन्धनका विद्यार्थीद्वारा नेपालगन्जमा प्रधानमन्त्री ओलीको पुत्ला जलाए

नेपालगन्ज : विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

बुधबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका विद्यार्थी संगठनले प्रदर्शन संगै नेपालगन्जमा पुत्ला दहन गरेका हुन् ।

बिपि चोकबाट चर्को नाराबाजी गर्दै धम्बोझी चोक तर्फ बढेको आन्दोलनकारी बिद्यार्थीको टोलिले धम्बोझी चोक पुग्नु अगाडी कृषि बिकास बैंक अगाडी नै पुत्ला जलाएका थुए । पुत्ला जले संगै प्रहरी पुग्दा पुग्दै विद्यार्थीहरुको र्‍याली अगाडी बढ्यो ।

विपक्षी गठबन्धनका विद्यार्थीको आन्दोलन नेपालगन्जको धम्बोझी चोकमा आएर कोणसभामा परिणत भएको थियो । पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकारविरोधी आन्दोलनलाई देशभर नै तीव्रता दिएका छन् ।

प्रतिक्रिया