पाटे बाघको छालासहित दुई ब्यक्ति बाँके प्रहरीको फन्दामा

नेपालगन्ज : पाटे बाघको छालासहित बाँके प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेललेख गाउँपालिका–३ का २७ वर्षीय डम्वर बुढा र रामारोशन गाउँपालिका–५ का ३५ वर्षीय नन्दु बुढा रहेका छन् ।

आज दिउँसो जिल्लाको बैजनाथ गाउँपालिका–४ तिलकपुरबाट उनीहरु पक्राउ परेको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

पाटेबाघको छाला ल्याइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रविन्द्र खनालको नेतृत्वमा गएको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

पाटेबाघको दुई थान छालासहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी अधिकारीले बताउनुभयो । यसअघि पनि अस्ति बाँकेको कुसुमबाट चितुवाको छालासहित दुईजना पक्राउ परेका थिए ।

प्रतिक्रिया