लकडाउन अवधिको शुल्क राज्यले बेहोर्न बाँकेका विपक्षी गठबन्धनका विद्यार्थी संगठनको माग

नेपालगन्ज : लकडाउन अवधिको सम्पुर्ण शुल्क राज्यले बहन गरि विद्यार्थीलाई शुल्क नथोपर्न बाँकेका विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

बाँकेका विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले बिहीवार संयुक्त प्रेस वक्तव्य जारी गर्दै लकडाउन अवधिको सम्पुर्ण शुल्क राज्यले बहन गरि विद्यार्थीलाई शुल्क नथोपर्न माग गरेका छन् ।

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संयुक्त वक्तव्य जारी गर्दै मनपरी शुल्क थोपरिएमा निजि शैक्षिक संस्था बिरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेविसंघ सचिव चक्र रावत, अनेरास्ववियु अध्यक्ष टेकेन्द्र मल्ल, अखिल क्रान्तिकारी संयोजक सुरेन्द्र जंग शाह (जम्बो) र अखिल छैठौं अध्यक्ष नमराज चंदले विपक्षी गठबन्धनका विद्यार्थी संगठनका तर्फबाट हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा जिल्ला भित्र लकडाउनको अवधिभर शैक्षिक क्षेत्र भित्र अनलाइन कक्षा, कोचिङ लगाए विभिन्न बहानामा बर्ष भरिको शुल्क असुल्ने प्रबृत्ति तत्काल खारेज गर्न माग गरेका छन् ।

संयुक्त प्रेस वक्तव्यमा ४ बुदे माग राख्दै सम्बद्ध निकायको ध्यानाकर्षण गराएको हताउदै अनेरास्ववियुका अध्यक्ष टेकेन्द्र मल्लले हाम्रो मागलाई बेवास्ता गरे कडा आन्दोलन गरिने बताएका छन् ।
यस अघि बुधबार विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बुधबार नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए ।

हेर्नुस् विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संयुक्त वक्तव्य

प्रतिक्रिया