बाँकेमा जोरबिजोर प्रणाली उलंघन गर्ने २ सय सवारीसाधन होल्डमा पारे

वसिम अन्सारी : जिल्ला ट्राफिक कार्यालय बाँकेले निषेधाज्ञा उल्लंघन गरी सवारीसाधान चलाएको भन्दै आज दुई सयबढी सवारीसाधनलाई २ घण्टा होल्ड गरेको छ ।

जोर नम्वरका सवारीसाधन चल्नु पर्ने दिन विजोर नम्वरका सवारी साधन चलाएको भन्दै उनीहरुलाई होल्ड गरिएको हो ।

कोरोना भाइरस महामारीका कारण स्थानीय प्रशासनले जिल्लामा अहिले सार्वजनिक सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरेको छ ।

बाँकेको ट्राफिक प्रमुख राजु भण्डारीका अनुसार, जोर प्रणालीका सवारी साधनको दिन विजोर नम्वरका सवारीसाधन चलाएको भन्दै १ सय ३ वटा मोटरसाइकल, ६३ वटा अटो र ३६ वटा जीप, कार र भ्यानलाई २ घण्टा होल्ड गरिएको हो ।

उनीहरुलाई नियमबारे जानकारी गराउँदै सम्झाई बुझाइ छाडिएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया