पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको बिरोधमा नेपालगन्जमा सिट्ठि जुलुस

नेपालगन्ज : पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको बिरोधमा संयुक्त विद्यार्थी संगठन बाँकेद्वारा नेपालगन्जमा सिठ्ठी जुलुसको आयोजना गरेको छ ।

पेट्रोलियम पदार्थमा लगातार मूल्य वृद्धि गर्दै गएको केपि शर्मा ओली सरकारको बिरुद्धमा संयुक्त विद्यार्थी संगठनले नेपालगन्जमा सिट्टि जुलुसको आयोजना गरेको हो ।

नेपालगन्जको बिपि चोकबाट सुरु भएको विद्यार्थीको जुलुस धम्बोझि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोभिडका कारण जनताको कमाउने बाटो बन्द भए पनि सरकारले भने निरन्तर मूल्यवृद्धि गरेर जनतालाई पिडामाथी पिडा थपेकोले विद्यार्थी संगठनले देशभर नै बिरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया