नाम जस्तै ‘जिवन’ बचाउने काम

खजुरा : स्वास्थ्यकर्मि जिवन यादव डोल्पामा चार वर्ष सेवा गरेका उनी समायोजन भई बाँकेको खजुरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा २ वर्ष देखि कार्यरत छन । डोल्पामा रहदाँ विरामिको मन जितेका उनलाई खजुरामा कसरी विरामिको मन जित्ने तर्फ मै ध्यान गथ्र्यो ।

नाम जस्तै उनको काम विरामिको जिवन बचाउनुनै हो । उनले आफ्नो नामको सार्थकता खोज्न विरामिको सेवामा तत्पर रहिरहे । सिनियर अहेव जिवनको सक्रियता कोरोना अघि र कोरोना संक्रमण फैलिसकेपछि पनि कुनै कमि थिएन । कोरोना संक्रमण फैलिरहेका बेला अग्रपंथिमा रहेर दुई सय बढि विरामिलाई होम आइसोलेसन मै उनले सेवा पुगाएका थिए ।

विहान देखि रातिको कुनै पनि समय उनको फोन उठ्ने भएकाले प्रायले जिवनलाई नै सम्पर्क गर्ने र स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउने गर्दथे । जिवनले पनि कोरोना संक्रमित भएकाहरुलाई सरल रुपमा उपचार सेवा दिएको खजुरा गाउँपालिका वडा नम्बर ३ मनकामनापुरका हरि प्रसाद सापकोटाले बताए । सापकोटाले आफु संक्रमित हुदाँ सिनियर अहेब यादवले राति १२ बजे पनि आफ्नो घरमा उपचार सेवा दिन आएको बताए ।

विरामिको कष्टलाई आफ्नै जस्तो सम्झने यादवले शिष्ट रुपमा प्रस्तुत हुदै सेवा प्रदान दिदै गर्दा स्थानिय सरकार खजुरा गाउँपालिकाले उनलाई स्वास्थ्य सेवामा प्रशन्सनिय कार्य गरेको भन्दै नगद सहित सम्मान गरेको थियो । गालामा दारी र अनुहारमा मुस्कान उनको सदैब हेर्न पाइन्छ । सिनियर अहेव जिवन भन्छन् मेरो प्रमुख काम भनेकै विरामिको सेवा गर्नु हो ।

‘विरामिको सेवामा नै म खुसि हुन्छु’ उनले भने । जिवन अगाडि भन्छन् म निदाइरहेको बेला पनि विरामिको फोन आए उठेर कुनै झन्झट नमानेर विरामिको सेवामा पुग्छु यो नै मेरा लागी सन्तुष्टि हो । जिवन अहिले धेरै नयाँ स्वास्थ्यकर्मिका प्रेरणा बनेका छन ।

प्रतिक्रिया