नेपालगन्ज ग्यालरीको वार्षिकोत्सबमा बागेश्वरी परिसरमा वृक्षारोपण

नेपालगन्ज : सामाजिक संजाल फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीले आफ्नो स्थापनाको १२ बर्ष पूरा गरेको छ । सोही उपलक्ष्यमा ग्रुपका सदस्यहरुले ले बागेश्वरी परिसरमा रहेको पतंजली योग समिती बाँकेद्वारा सञ्चालन गरिएको जडीबुटी उद्यानमा १२ जडिबुटीका बिरुवा रोपेका छन् ।

१ लाख २९ हजार सदस्य रहेको ग्रुप नेपालगन्ज ग्यालरीले आफ्नो स्थापना दिवस मनाउने क्रममा १२ प्रकारका जडिबुटीहरु बागेश्वरी मन्दिर पूर्व पार्कमा पतंजली योग समिती बाँकेद्वारा सञ्चालन गरिएको जडीबुटी उद्यानमा १२ प्रकारका जडिबुटीको बिरुवा लगाएर १२ ओै वार्षिकोत्सब मनाएको हो ।

नेपालगंज ग्यालरीका एडमिन समेत रहेका नेपालगन्जका पत्रकार समीर मान श्रेष्ठ र महेश श्रेष्ठले १२ प्रकारका जडिबुटी उपलब्ध गराएकोमा हरित अभियन्ता हेमन्त राज काफ्लेलाई धन्यवाद दिएका छन् ।

बाँके नेपालगन्जका मात्र नभएर देश तथा विदेशका समेत सदस्य रहेका उक्त ग्रुप नेपालगन्जका बासिन्दाको लागि लोकप्रिय बन्दै आएको छ। सामजिक काममा सधै तत्पर हुने यस ग्रुपमा १ लाख २९ हजार भन्दा बढी सदस्यहरु जोडिएका छन् ।

नेपालगन्ज ग्यालरीको १२ बर्ष पुरा भएकोमा १२ प्रकारका जडिबुटीहरु नरहरी बुटि, पान, लज्जावती, पिपला, गुर्जो, अपराजिता, अगस्ते , पुदिना, सर्पगन्धा, घोडाटाप्रे, पथरचट्टा, आख लगाएको हो।

प्रतिक्रिया