बैशाख र जेठको शिक्षण शुल्क नलिन बाँकेका विद्यार्थी संगठनहरुको चेतावनी (पत्र सहित)

नेपालगन्ज : संयुक्त विद्यार्थी संगठन बाँकेले बैशाख र जेष्ठ महिनाको मासिक शिक्षण शुल्क नलिन चेतावनी सहित नगर शिक्षा अधिकारी गोरख थापालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आइतबार संयुक्त विद्यार्थी संगठनहरुद्वारा नगर शिक्षा अधिकारी गोरख थापालाई ध्यानाकर्षण पत्र बुझाउदै २४ घन्टा भित्र माग सम्बोधन गर्न अपिल गरेका छन् । विद्यार्थी संगठनहरुको माग सम्बोधन नभए थप संघर्षमा उत्रने विद्यार्थी संगठनहरुले ध्यानाकर्षण पत्रमा उलेख गरेका छन् ।

नेबि संघका चक्र रावत, अखिल क्रान्तिकारीका सुरेन्द्र शाह जम्बो, अनेरास्ववियुका टेकेन्द्र मल्ल, सबियुका निष्पक्ष जंग शाह, अखिल छैटौंका नमराज चंद लगायतको उपस्थितिमा उक्त ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

हेर्नुस् ध्यानाकर्षण पत्र

प्रतिक्रिया