श्रीवास्तव कर्जा असुली उपसमितिमा नियुक्त

नेपालगन्ज : नेपालगन्जका युवा विक्रान्त श्रीवास्तव नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत कर्जा असुली उपसमितिको सदस्यमा मनोनित हुनुभएको छ ।

युवा तथा साना ब्यवसायी स्वरोजगार कोष सचिवालयको बैठकले श्रीवास्तवलाई सदस्यमा मनोनित गरेको हो ।

जिल्लाको कर्जा असुली उपसमितिका संयोजकसँग समन्वय र सहकार्य गरेर काम गर्नेगरी उहाँलाई सदस्यमा मनोनित गरिएको बताइएको छ ।

प्रतिक्रिया