आइतबारदेखि बाँकेमा भेरोसेलको पहिलो मात्रा लगाइने

नेपालगन्ज : श्रावण ३ गतेदेखि ५ गतेसम्म बाँकेमा भेरोसेलको पहिलो मात्रा लगाईने भएको छ । सरकारले निर्धारण गरेको लक्षित समुहलाई भेरोसेलको पहिलो मात्रा दिन लागिएको हो ।

जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा पर्सीदेखि खोपको पहिलो डोज दिईने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

कार्यालयले एक सूचना जारी गर्दै नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका,जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने श्रावण १० गतेदेखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिईने जनाएको छ ।

यो अभियानमा ५५ वर्ष र सो माथिका उमेर समूहलाई खोप लगाईने छ ।त्यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई समेत भेरोसेलको पहिलो मात्रा खोप लगाइनेछ ।

नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकहरुले पनि खोप लगाउन पाउनेछन् ।

प्रतिक्रिया