श्रीमानको जन्मदिनमा ५० लाखको बिमा पोलेसी उपहार

नेपालगन्ज : पछिल्लो समय जन्मदिन मनाउने परम्परा केही फरक बन्दै गएको छ । जन्मदिनको दिन बचत गर्ने परम्परा समेतको बिकास भएको छ ।

त्यस्तैमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाँसगढि शाखाका एजेन्सी म्यानेजर बिना पौडेलले आफ्नो श्रीमान युगपति पौडेललाई जन्मदिनको उपलक्ष्यमा ५० लाख को बिमा पोलेसी उपहार स्वरुप प्रदान गर्नुभएको छ । पौडेल परिवार बाँसगढी नगरपालिका वडा नम्बर ५ का स्थानिय हुनुहुन्छ ।

जन्मदिनको दिन हुने अनावश्यक खर्च समेत कटौती गरि परिवारको भबिष्यको बचत र परिवारको जोखिम कम गर्न बिमा पोलेसी उपहार प्रदान गरेको बिना पौडेलले बताउनुभयो ।

कम्पनीको एजेन्सी मेनेजर समेत रहनुभएकी बिना पौडेल श्री ने.रा.मा.बि. बाँसगढीमा शिक्षिका हुनुहुन्छ भने  श्रीमान उद्योग बाणिज्य संघ बाँसगढीका महासचिव हुनुहुन्छ ।

उक्त बिमा पिलेसी हस्तान्तरण कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बाँसगढी शाखाका शाखा प्रमुख हेमन्त शाही, कम्पनीको सिनियर एजेन्सी म्यानेजर बिष्णु ढकाल र एजेन्सी म्यानेजर रस्मी गौतमको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया