भट्टराईको टिप्पणीको बिरोधमा नेपालगन्जमा प्रदर्शन (फोटो)

नेपालगन्ज : पुर्व प्रधानमन्त्री तथा जसपाका नेता डाक्टर बाबुराम भट्टराईको टिप्पणीको बिरोध गर्दै शनिबार नेपालगन्जमा बिरोध प्रदर्शन गरिएको छ ।

बाँकेका हिन्दु युवाहरूद्वारा नेपालगन्जको धम्बोझी चोकमा विरोध सभाको आयोजना गरिएको हो ।

सामाजिक संजालमा हिन्दुधर्म र हिन्दु संस्कार माथी प्रहार गरेको भन्दै नेपालगन्जका युवाले फोटोमा विदेशी दलाल मुर्दावाद,यो राष्ट्रघाती हो भन्दै नारा बाजि गरेका थिए ।

सो कार्यक्रममा सहभागी निराजन राणा बोल्दै भनेका छ्न ,जुन हामीलाई भगवान पर्शुराम जस्तै हतियार उठाउन बाध्य नबनाउन बाबुराम भट्टराई लाई चेतावनी दिएका छ्न ।

त्यस्तै विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य सौभाग्य जंग शाहले विश्वव्यापी रुपमा बहुसङ्ख्यक सनातन धर्मावलम्बिहरुको आस्थामाथि खेलबाड गर्दै अभद्र टिप्पणीले समस्त सनातनीहरूलाई मर्माहत बनाएको उनीहरुको आरोप छ । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छ्न ।

हिन्दु अभियन्ता विवेक प्रताप मल्लले पीडा जलन किन भएको हो बाबुराम लाई हिन्दु आस्था माथी प्रहार कस्तो किसिमको राष्ट्रको कुरा गर्न खोजेको हो भन्दै प्रश्न गरेका थिए । सो कार्यक्रममा हिन्दु युवाहरुको उल्लेख सहभागीता रहेको थियो ।

प्रतिक्रिया