कोरोनाको उच्च जोखिमकै बिच किनमेलका लागी रुपईडिहा जानेको संख्यामा वृद्धि (भिडियो)

नेपालगन्ज : कोरोना संक्रमणको तेस्रो लहरको आकलन गरिरहेको बेला नेपालगन्जको सिमानाका जमुनाह भएर खरिदारिको लागि भारतीय सिमावर्ती बजार रुपैडिहा जानेको संख्यामा बृद्दी भएको छ ।

दैनिक उपभोग्य खाद्य सामाग्री, लत्ताकपडा, पेय पदार्थ खरिद तथा औसधि उपचारका लागि नेपालगन्जको जमुनाहा भएर भारतिय सिमावर्ती बजार रुपहिडिया पुग्नेहरु बढेका छन् ।

नेपालगन्ज, कोहलपुर, खजुरा तथा आसपासका क्षेत्र र बाँकेका छिमेकि जिल्लाहरुबाट समेत खरिदारिको लागी रुपहिडिया जाने क्रम बढेको छ ।

भारत तथा नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको आकलन गर्दै उच्च सुरक्षा अपनाउन सरकार तथा सम्बद्ध निकायले भनी रहदा किनमेलका लागि भारत जानेहरुको संख्यामा वृद्धि भैरहेको छ ।

पश्चिम नेपालको लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका पहाडि जिल्लाबाट रोजगारिको खोजिमा भारत जानेहरुको संख्यामा केही कमि आएको बेला पुनः किनमेलका लागि भारत जानेको क्रम बढेको छ ।

जिल्लामा कोरोना संक्रमणको दर दोस्रो लहर पछि केही कम भए संगै बाँकेमा सावधानी अपनाउन छोडिएको छ भने स्वास्थ्य मापदण्डको समेत धज्जी उडाइएको छ ।

यता दैनिक रुपमा जिल्लामा कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गरेको छ भने बजार र स्वास्थ्य मापदण्डको सवालमा लापरबाही गरिदै आएको छ ।

हेर्नुस् भिडियो र फोटोहरु

प्रतिक्रिया