फिल्मीपत्रको ‘आँखाभरी’ सार्वजनिक

नेपालगन्ज : फिल्मीपत्र डटकमको निर्माणमा बनेको पहिलो गीत युट्युबमा सार्वजनिक भएको छ।

फिल्मीपत्र युट्युब च्यानलबाट रिलिज ‘आँखाभरी’ बोलको गीतमा लोकप्रिय गायिका रचना रिमाल र शनि विश्वकर्माको आवाज छ। गीतको शब्द साहित्यकार शिशिर सापकोटाले लेखेका हुन्, भने ज्ञानेन्द्र गिरीले संगीत भरेका हुन्।

गीत ओम सुनारले अरेन्ज गरेका हुन् भने मिस्किङ विशाल निरौलाले गरेका हुन्। गीतको भिडियोमा गायिका रिमाल र गायक विश्वकर्मा नै फिचर्ड छन्। भिडियोमा उनीहरूको जोडि राम्रो देखिएको छ। 

काठमाडौंको गोल्डेन गार्डेन रिसोर्ट छायांकन गरिएको भिडियोलाई सागर बाबू भट्टले निर्देशन गरेका हुन्।

भिडियो हेर्नुस्

प्रतिक्रिया