बेलायतमा गोर्खाहरुले शुरू गरे भोक हड्ताल

काठमाडौं : समान अधिकारका लागि आन्दोलनरत भूतपूर्व गोर्खाहरूले बेलायती प्रधानमन्त्री कार्यालयअगाडि भोक हड्ताल शुरु गरेका छन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आह्वानमा १७ दिन रिले अनशन बसेपछि उनीहरूले शनिबारदेखि भोक हड्ताल थालेका हुन् ।

हड्तालमा भूपू गोर्खाहरू ज्ञानराज राई र धनबहादुर गुरुङ एवं गोर्खा एकल महिला पुष्पा राना घले बसेका हुन् । सत्याग्रहका प्रमुख संयोजक राईले बेलायत सरकारले विगतका पटकपटकको अनुरोध पनि बेवास्ता गरेको जनाउँदै विश्वस्त हुन नसकेकाले भोक हडतालमा उत्रनुपरेको बताएका छन् ।

परराष्ट्र मन्त्रालयले भने बेलायत सरकारसँग कूटनीतिक पहललाई निरन्तरता दिइने जनाउँदै भोक हडताललगायत विरोध कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।

भूतपूर्व गोर्खाहरूले ९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिको भावनाअनुसार समान अधिकार पाउनुपर्ने माग राख्दै आएका छन् ।

२२ वर्ष सेवा अवधि पुरा गरेका ब्रिटिस गोर्खा सिपाहीले दर्जाअनुसारको समान पेन्सन पाउनुपर्ने, कार्यरत रहदा मारिएका, मरेका र घाइते भएका ब्रिटिस गोर्खाले ब्रिटिससमान पेन्सन पाउनुपर्ने लगायतका माग उनीहरुको छ ।

प्रतिक्रिया