एभरेष्ट प्रिमियर लिगको ट्रफ्री सार्वजनिक

हंशराज हुलासचन्द एण्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्ने चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ।

आयोजक एभरेष्ट प्रिमियर लिग (इपीएल) ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सोमबार सार्वजनिक गरेको हो।

इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरे। सोही कार्यक्रममा निर्देशक अख्तर र अध्यक्ष गोल्छाले मुख्य प्रयोजनका लागि सम्झौता पनि गरे। दुबैले सम्झौतापत्र एक आपसमा  साटेर ट्वान्टी–२० क्रिकेटमा जोडिएको बताए।

असोजमा हुने फ्रेन्चाइज प्रतियोगितामा अब बजाज पल्सरले मुख्य प्रायोजन गर्ने छ। सम्झौता पछि बोल्दै हंशराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक गोल्छाले खेलकुदमा जोडिन पाउँदा खुसी लागेको बताए। कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता १४ दिनसम्म चल्ने छ। प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीहरू विराटनगर वारियर्स, काठमाडौं किङ्स–११, पोखरा राइनोज, ललितपुर प्याट्रिओट्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्सले प्रतिस्प्रर्धा गर्नेछन्। 

प्रतिक्रिया