इलाका प्रहरी कार्यालय कोहलपुरबाट दिन मै मोटरसाइकल चोरी भएको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा काम बिशेषले दिउसो २ बजे प्रबेश गरेका कोहलपुर का मान बहादुर शाहीको काम सकेर फर्किदै गर्दा इलाका प्रहरी कार्यालय कोहलपुरको पार्किंग गरिएको ठाउमा राखिएको बाईक नै गायब थियो ।
भे १० प ३५३६ नम्बरको रातो पल्सर १५० सिसिको बाईक प्रहरीको कम्पाउन्डबाटै हराएको हो । उनले आफ्नो बाईक हराएको भनि प्रहरी समक्ष आफ्नो गुनासोको साथै निबेदन पनि दिएका छन । प्रहरी कार्यालयबाटै बाइक हराउनु शान् िसुरक्षा कत्तिको छ भन्ने मा प्रश्न चिन्ह खडा भएको छ ।
कोहलुर प्रहरीले चोरी घटनामा संलग्न रहेका बिभिन्न किसीमका चोरहरुलाई पक्राउ गरेको भएता पनि अझैसम्म मुख्य अभियुक्तसम्म पुग्न भने सकेको छैन ।
यस बिषयमा जानकारी दिदै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होम प्रकाश चौधरीले इलामा मा आएका सेवाग्राहीको बाईक हराएको र सो सम्बन्धमा खोजि कार्य अगाडी बढाईएको बताए ।
उनले भने आफुहरु इलाका नजिक भएको सिसि क्यामेराको पनि फुटेज हेर्न लागि रहेको समेत बताए । बिडम्बना इलाका वरिपरी रहेका सिसि क्यामेराहरु प्रभाबकारी भने छैनन ।
चौबिसै घण्टा सुरक्षाकर्मीको निगरानीमा रहेको प्रहरी चौकीबाटै बाईक हराउनु कतिको सुरक्षित छ कोहलपुर ? र बाँके ? कहाँ छ सुरक्षाकर्मीको निगरानी ?









