ब्राउन सुगरसहित नेपालगन्जको जमुनाह नाकाबाट दुईजना पक्राउ

नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाह नाकामा प्रतिबन्धित लागु औषधसहित २ जना पक्राउ परेका छ्न ।

जमुनाह प्रहरी इन्चार्ज पुर्ण बहादुर खत्री र ब्यूरोका प्रहरी नायब निरीक्षक प्रेम बहादुर अधिकारीको टोलिले तुल्सीपुर उपमहानगरपालिका ५ तुल्सीपुर बस्ने ३६ वर्षका जेनिस ओली र २३ वर्षका बिजय चौधरीलाई पक्राउ गरेको हो ।

भारतीय बजार रुपैडियाबाट उनिहरुले ६ ग्राम ६० मिलिग्राम प्रतिबन्धित लागु औषध ब्राउन सुगर नेपाल भित्राउनेक्रममा प्रहरीले पक्राउ गरेको हो ।

जेनिसले जुत्ताभित्र कालो प्लास्टिकमा बेरेर उनिहरुले ब्राउन सुगर भित्र्याउन लागेको प्रहरीले जनाएको छ।

पछिल्लो समय जमुनाह प्रहरीले धमाधम लागु औषध कारोबारि तथा प्रयोगकर्ताहरुलाई पक्राउ गरिरहेको छ । पक्राउ परेका दुबैजना माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया