नेपालगन्ज मल्टिपल क्याम्पसमा गरियो रक्तदान

नेपालगन्ज : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको असर अन्य देश लगायत नेपालमा पनि अझै जारी छ। यस्तो विषम परिस्थितिमा धेरै कुराको अभाव सृजना भइरहेको छ। त्यस मध्ये रगत अभावको समस्या प्रमुख बन्न थालेको छ पछिल्लो समय।

यही रगत अभावको समस्यालाई केही कम गर्न सहयोग पुगोस् भन्दै शुक्रबार नेपालगन्ज मल्टिपल क्याम्पसमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो। यात्रा फाउन्डेसन नामक संस्थाले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नेपालगन्ज मल्टिपल क्याम्पस (एनएमसी)का अधिकांश विद्यार्थी एवं अध्यापकहरुले रक्तदान गरेका थिए।

त्यसो त उक्त रक्तदान कार्यक्रमको सह आयोजकको रुमपा एनएमसीका विद्यार्थीहरु पनि रहेका थिए। कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए। आगामी दिनमा पनि अझै यस्तै सामाजिक कार्यमा संलग्न हुने उपस्थित सबैको धारणा रहेको थियो।

प्रतिक्रिया