संगठन बिस्तार गर्दै अनेरास्ववियु बाँके, बैजनाथमा ३१ सदस्यीय कमिटी गठन

नेपालगन्ज : नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियु बाँकेले आफ्नो कमिटी बिस्तारको क्रममा ३१ सदस्यीय अनेरास्ववियु बैजनाथ गाउँपालिका कमिटीका गठन गरिएको छ ।

भानुभक्त शाहि अध्यक्ष रहेको अनेरास्ववियु बैजनाथ गाउँपालिका कमिटीको उपाध्यक्षमा सन्दीप कुमार थारु, र सचीवमा राम प्रसाद जैसि चयन भएका छन् ।

नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, अनेरास्ववियु बाँकेका जिल्ला अध्यक्ष समेत रहेका अखिल फोर्सको लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्ल समेतको उपस्थितिमा गठन भएको कमिटिको सह सचिवमा सुरज परियार, असमिना बुढा र सुरज बिक चयन भएका छन भने कमिटिको कोषाध्यक्षमा बिक्रम थापा चयन भएका हुन् ।

नेकपा एमाले माधव नेपाल पक्षको अनेरास्ववियु बाँकेले जिल्लामा विभिन्न किसिमको गतिविधि संगै संगठन बिस्तारको कामलाई तीब्र रुपमा अगाडी लगेको अनेरास्ववियु बाँकेका अध्यक्ष टेकेन्द्र मल्लले बताएका छन् ।

प्रतिक्रिया