५५ सदस्यीय अनेरास्ववियु खजुरा कमिटि गठन, अध्यक्षमा सागर बि.क

नेपालगन्ज : अनेरास्ववियु बाँकेले आफ्नो कमिटी बिस्तारको क्रममा ५५ सदस्यीय अनेरास्ववियु खजुरा गाउँपालिका कमिटीका गठन गरेको छ ।

अनेरास्ववियु खजुरा गाउपालिकाको बृहत भेलाबाट सागर बि.कको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेको हो ।

अनेरास्ववियु खजुरा गाउँपालिका कमिटीको बृहत भेलाबाट उपाध्यक्षमा दिलराज बम, सचिवमा लोकेन्द्र बिसि, सह-सचिवमा राजकुमार बिक र कोषाध्यक्षमा तृष्णा खत्री चयन भएका छन् ।

त्यस्तै अनेरास्ववियु खजुरा गाउँपालिका कमिटिको सदस्यहरू सुरज बिक, महेन्द्र शाही, सन्दीप बिक, रितु बुढा मगर, कमला शाही, मनोज सुनार लगायत सदस्यहरु चयन भएको अनेरास्ववियु बाकेका अध्यक्ष समेत रहेका अखिल फोर्सका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री दलबाहदुर सुनार, नेकपा एकीकृत समाजबादी बाँके जिल्ला अध्यक्ष अशोक कोइराला, सहसचिव अब्दुल हुसेन, समाजवादीका नेता लाल बहादुर खत्री, तथा अनेरास्ववियु बाकेका अध्यक्ष तथा अखिल फोर्सका लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्ल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया