‘भाषा संस्कृति र परम्पराको जगेर्ना गरौँ’ भन्ने नाराका साथ नेपालगन्जमा गाईजात्रा पर्व मनाइएको छ ।
नेपाः पुचः बाँके नेवा ः देयः दबू बाँकेले अयोजना गरेको उक्त गाईजात्रा कार्यक्रममा हजारौं संख्यामा मानिसहरुको उपस्थिति रहेको थियो ।
गाईजात्रामा विभिन्न नेवारी भेषभुसा, विभिन्न हिन्दू धर्मावलम्वी भगवानको स्वरुपलगायत मौलिक नाच समेत पदर्शन गरिएको थियो ।
जात्रामा झिगु नेव खल गुठी, नेपालगन्ज, भृकुटी झिगु नेवा खल गुठी, भृकुटीनगर, भिमसेन गुठी कोहलपुर–घरवारीटोल नेवा गुठी, नेवा गुठी राँझा एयरपोर्ट–नेवा मिसा पुनः बाँके आदर्शनगर, नेवा मिसा पुचः बाँके गगनगंज, नेवा मिसा देय् दबू बाँके– नेवा देय दबूल नगर समिति बाँकेलगायतले सहयोग तथा सहभागीता जनाएका थिए ।
जात्रा नेपालगन्जको धम्बोझी, सेतुविक चोक, न्यू रोडलगायतका स्थानमा परिक्रमा गरी बागेश्वरी मन्दिर परिषरमा पुगेको थियो ।











