द किचन टप्स रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सेवा शुल्कमा छुट

नेपालगन्ज : महालक्ष्मी विकास बैंकका ग्राहकहरुले द किचन टप्स रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस कारकादोमा खाना, पेय पदार्थ तथा अन्य सेवा शुल्कहरुमा विशेष छुट पाउने भएका छन ।

सो सम्बन्धि विषयमा द किचन टप्स रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसका सञ्चालक श्री ईन्द्र बहादुर थापा र महालक्ष्मी विकास बैंक नेपालगंज शाखा प्रमुखले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

शाखा प्रमुख श्री कोमल विष्टको भनाई अनुसार बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले द किचन टप्स रेष्टुरेण्ट एण्ड पार्टी प्यालेससँग सम्झौता गरिएको बताएका छन् ।

बिष्टले सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले द किचन टप्स रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसमा खाना, पेय पदार्थ तथा अन्य सेवा शुल्कमा अधिकतम १५ प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन भन्ने कुरा स्पष्ट पारेका छन् ।

उनका अनुसार महालक्ष्मी विकास बैंकले कोभिड (१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गर्न ग्राहकलाई आग्रह समेत गरेका छन् ।

द किचन टप्स रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसका सञ्चालक श्री ईन्द्र बहादुर थापाले हामी यो सम्झौताबाट धेरै नै हर्षित भएको बताएका छन् ।

नेपालगंज कारकादों क्षेत्रमा सञ्चालित भएको द किचन टप्स रेष्टुरेण्ट एण्ड पार्टी प्यालेसले अधिराज्य भर फैलिएको महालक्ष्मी विकास बैंकको सम्पुर्ण शाखाहरुको ग्राहकहरुलाई सेवा दिन यो सम्झौताले दिएको छ भन्ने कुरा बताएका छन् ।

प्रतिक्रिया