नेपालगन्ज : कोरोना महामारीका कारण रक्त संचार सेवाहरुमा भएको रगत अभावलाई ध्यानमा राखी मंगलबार नेपालगन्जमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपालगन्ज जेसिज , नेपालगन्ज जेसिज जुनियर, आइअएमई लाइफ, सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल मानव धर्म नेपालगन्ज, बास, बेटर बाँके, योगदान राष्ट्रको लागि जिल्ला समिती बाँके, कसौधन वैश्य समाज युवा मञ्च लगायत संस्थाहरुको आयोजनामा सोमबार जिल्लामा भएको रगत अभावको समस्यालाई ध्यानमा राखी बृहत रक्तदान कार्यक्रम गर्न लागिएको हो ।
नेपालगन्जको वेस्टर्न मल, सुर्खेतरोडमा बिहान ७ बजे देखि सुरु हुने बृहत रक्तदान कार्यक्रममा सबैको उपस्तिथि रहन र बृहत् रक्तदान कार्यक्रममा सहभागी हुन आयोजकले सबैमा अपिल समेत गरेको छ ।
कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेमा रगत अभाव भएको थियो भने कोरोना संक्रमणको तेस्रो लहर आउने आकलन गरि रहेको बेला जिल्लामा रगत अभावले कसैको जीवन जोखिममा नपरोस भनेर नै यो बृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक मध्यका एक नेपालगन्ज जेसिजका भाइस प्रेसिडेन्ट तथा कार्यक्रम संयोजक प्रकाश कुवरले बताए ।
बृहत रक्तदान कार्यक्रमलाई आर्थिक सहयोग समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गरेको छ भने मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी लगायत स्थानिय मिडियाहरु रहेको छ।











