मनै लोभ्याउने मिनिपार्क (फोटो फिचर)

बाँकेको खजुरा गाउँ पालिकामा रहेको खजुरा मिनि पार्क एन्ड रिसोर्ट उधान थप सुबिधा र ब्यवस्थापन सहित पुर्णरुपमा संचालनमा आएको छ ।

मिनि पार्क भित्रै रेस्टुरेन्ट सहितको उधान भाद्र एक गते देखि पुर्ण रुपमा संचालनमा आएको हो ।

मिनि पार्क भित्रै सुन्दर पुर्वाधार निर्माण गरेर संचालनमा ल्याइएको उधानले मनोरम प्राकृतिक सुन्दरता संगै स्वादिष्ट खानाको आनंद लिन सकिन्छ ।

त्यस्तै पार्क भित्रै जन्मदिन र सबै किसिमको अनेभरसरी मनाउनकै लागि विशेष किसिमको आकृति सहितको टावर निर्माणको क्रममा रहेको उधानमा खजुरा भ्यु टावर समेत निर्मान हुनेछ ।

प्रसस्त खुल्ला क्षेत्र, मनोरम दृश्य, बाल उधान, क्याम्प फाएर क्षेत्र, पिकनिक स्पट, लभ उधान, मिनि जु जस्ता सुबिधा रहेको उधानमा निकट भबिस्यमै स्विमिङ पुल, क्याबिन सहितको भ्यु टावार जस्ता सुबिधाहरु थपिने छ ।

बाँके जिल्ला मात्रै नभएर छिमेकी आसपासको जिल्लाको लागि समेत खजुरा सेन्टर भएको र प्राकृतिक उधान सहितको रेस्टुरेन्टको आवश्यकता भएरै मिनि मार्क भित्र नै सबै किसिमको सुबिधा उपलब्ध गराएर उधान संचालनमा ल्याएको बताउछन् उधानका संचालक टेक बहादुर श्रेष्ठ बताउछन् ।

प्रतिक्रिया