नेपाल–भारत मैत्रीपूर्ण फुटबल : ५ हजार १ सय दर्शकलाई मैदानमा प्रवेश दिन स्वीकृति माग

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाल र भारतबीचकाे मैत्रीपूर्ण फुटबलका लागि कोरानाविरुद्धकाे पूर्ण खाेप लगाइसकेका वा पीसीआर नेगेटिभ आएकालाई मात्र दशरथ रङ्गशालामा प्रवेश दिने बताएको छ ।

एन्फाले पाँच हजार एक सय दर्शक प्रवेशका लागि सरकारसँग स्वीकृति मागेको जनाएको हो ।

त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा भोलि बिहीवार नेपालले भारतसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका साढे पाँच बजे सुरु हुनेछ । त्यस्तै नेपालले भारतसँग दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २० गते खेल्नेछ ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफ च्याम्पियनशिप आउँदाे असोज १५ देखि ३० गतेसम्म हुनेछ ।
नेपालले अहिलेसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेल जितेको छ । नेपालले दुई खेल जित्दा चार खेल बराबरीमा सकिएकाे छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनशिपकाे तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । साफ च्याम्पियनशिप आउँदाे अक्टोबर १ देखि १६ सम्म आयोजना हुँदैछ ।

प्रतिक्रिया