एस.के मोटर्स सर्भिस सेन्टरमा महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सेवा शुल्कमा छुट

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एस.के मोटर्स सर्भिस सेन्टर, कारकादों मा मोटरसाईकल तथा कार सर्भिसिङ्ग खरिद गरिने स्पेयर पार्टसहरुमा विशेष छुट पाउने भएका छन ।

सो सम्बन्धि विषयमा एस.के मोटर्स सर्भिस सेन्टर, कारकादोंका सञ्चालकहरु श्री किरण श्रेष्ठ/सौरभ कर्मचार्य र महालक्ष्मी विकास बैंक नेपालगंज शाखा प्रमुख श्री कोमल विष्ट ज्यूले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

शाखा प्रमुख श्री विष्टका अनुसार बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एस.के मोटर्स सर्भिस सेन्टर, कारकादों सँग सम्झौता भएको हो ।

हाम्रो सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले एस.के मोटर्स सर्भिस सेन्टर, कारकादोंमा जुन सुकै कम्पनिको मोटरसाईकल तथा कारहरु सर्भिसिङ्ग गर्दा लाग्ने सेवा शुल्कमा १० प्रतिशत सम्म र खरिद गरिने स्पेयर पार्टस हरुमा ५ प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन भन्ने कुरा बताउनु भयाे।

विष्टले महालक्ष्मी विकास बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङ्ग मार्फत कारोबार गर्न ग्राहकलाई आग्रह समेत गरेका छन् ।

एस.के मोटर्स सर्भिस सेन्टर, कारकादों का सञ्चालक श्री किरण श्रेष्टले हामी यो सम्झौताबाट धेरै नै हर्षित भएका छौं । नेपालगंज कारकादों क्षेत्रमा सञ्चालित हाम्रो सर्भिस सेन्टरले अधिराज्य भर फैलिएको महालक्ष्मी विकास बैंकको सम्पुर्ण शाखाहरुका ग्राहकहरुलाई सेवा दिन यो सम्झौताले सजिलो बनाई दिएको छ भन्ने कुरा समेत बताएका छन्

प्रतिक्रिया