निजामती कर्मचारी सेवा दिवसको उपलक्ष्यमा जानकीमा वृक्षारोपण

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकाले निजामती कर्मचारी सेवा दिवसको उपलक्ष्यमा वृक्षारोपण गरेको छ । 

निजामती कर्मचारी सेवा दिवसको उपलक्ष्यमा जानकी गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनको प्राङ्गणमा वृक्षरोपण गरिएको हो ।

गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालले वृक्षारोपण कार्यक्रमको शुरुवात गरेकी थिइन् । 

गाउँपालिकाको प्रशासनिक भवनलाई हरियाली बनाउनका लागी निजामती कर्मचारी सेवा दिवसको अवसर पारेर वृक्षारोपण गरिएको बताउँदै कार्यवाहक अध्यक्ष धितालले विरुवाको संरक्षणमा ध्यान दिन समेत आग्रह गरिन् । 

दिवसको अवसर पारेर गाउँपालिका प्रशासनिक भवनको प्राङगण र इन्द्रपुर स्वास्थ्य चौकीको प्राङगणमा गुलमोहर, श्रीस, मसला लगायतका जातको करिव १ सय थान बिरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर रानाले जानकारी दिए । उनका अनुसार वृक्षरोपण कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।  

निजामती सेवा ऐन जारी भएको ६५ वर्ष पुगेकोे छ । निजामती दिवस मनाउन थालेको भने वि.सं.२०६१ सालदेखि हो ।  ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ मंगलबार देशभरिका निजामती कर्मचारीले विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाएका छन् ।

प्रतिक्रिया