युवा संघको भेलालाई सम्बोधन गर्न माधव नेपाल नेपालगन्जमा

नेपालगन्ज : नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल नेपालगन्ज आएका छन् ।

युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष नेपाल नेपालगन्ज आएको युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले बताएका छन् ।

अध्यक्ष नेपालले नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा हुने युवा संघ नेपालको कार्यक्रम सम्बोधन पछि खजुरामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एकीकृत समाजबादीका नेता लाल बहादुर खत्रीले जानकारी दिएका छन् ।

प्रतिक्रिया