पिपुल्स भोलिन्टर्स बाँकेको अध्यक्षमा रुचाल र सचिवमा यादव चयन

नेपालगन्ज : युवा संघ नेपाल लुम्बिनी प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रमले पिपुल्स भोलिन्टर्स बाँकेको अध्यक्षमा राजु रुचाललाई चयन गरेको छ ।

नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको सहभागिता रहेको युवा संघ नेपाल लुम्बिनी प्रदेश भेलाले पिपुल्स भोलिन्टर्सको अध्यक्ष तथा सचिव चयन गरेको हो ।

पिपुल्स भोलिन्टर्स बाँकेको सचिवमा नन्कौ यादव चयन भएका छन् ।

युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाको अध्यक्षतामा सम्पन्न भएको भेलाले प्रदेशभरिका पिपुल्स भोलिन्टर्सको अध्यक्ष तथा सचिव चयन गरेको छ ।

पिपुल्स भोलिन्टर्स लुम्बिनी प्रदेशको अध्यक्षमा भने प्रेम बुढा चयन भएका छन् ।

प्रतिक्रिया