शान्ती पुनर्स्थापना गृहले अन्तरक्रिया गर्दै मनायो ४२ औं सामाजिक सेवा दिवस

नेपालगन्ज : शान्ती पुनर्स्थापना गृह नेपालगन्जले शुक्रबार नेपालगन्जमा ४२ औं सामाजिक सेवा दिवस मनाएको छ ।

शान्ती पुनर्स्थापना गृह नेपालगन्जले “आत्मा साक्षी राखी मन बचनले सेवा गरौ” भन्ने मुल नाराका साथ मानव बेचबिखन विरुद्ध कार्य गर्ने बाँकेका तथा भारतीय संघ-संस्था र प्रहरी समेतको सहभागीतामा अन्तरक्रिया कार्यक्रम गरि सामाजिक सेवा दिवस मनाएको हो ।

जिल्लामा मानव बेचबिखन विरुद्ध काम गर्ने क्रममा संस्थाहरुले देखेको समस्या ,चुनौति र सोको समाधानको विषयमा छलफल गरिएको शान्ती पुनर्स्थापना गृहका सुपरभाइजर डोलमाया गुरुङले बताउनुभयो ।

त्यस्तै अन्तरक्रियामा नेपाल लगायत भारतमा मानव बेचबिखन विरुद्ध काम गर्ने क्रममा देखिएका समस्या र चुनौतीको बारेमा समेत उठान गरिएको गुरुङले बताउनुभयो ।

शान्ती पुनर्स्थापना गृहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा भन्सार सुरक्षा गार्ड प्रमुख अनुरुप एडी ,सिमा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेश चन्द, सानाहातहरु नेपालको प्रमुख अम्बिका पुन, भारतीय संस्था देहातका प्रमुख हसन फिरोज लगाएतका ब्यक्ति तथा संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

शान्ती पुनर्स्थापना गृहले बाके जिल्लामा स्थापनाको छोटो समयमै मानव बेचबिखन बिरुद्ध राम्रो कार्य गर्दै आएको छ । जिल्लाको साना सिमानाकाहरुमा समेत कर्मचारी खटाएर कार्य गर्दै आएको पुनर्स्थापना गृहले भारतब्तथा भारत हुँदै तेस्रो मुलुक बेचबिखनका लागी लैजादै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्दार गर्दै आएको छ ।

प्रतिक्रिया