आजबाट सुरु हुँदै ईपीएल, दुई नयाँ कप्तानको परीक्षा

जनक केसी : एभरेस्ट प्रिमियर लिग टि-ट्वान्टी ( ईपीएल ) टि-ट्वान्टीको चौंथो संस्करण आजबाट सुरु हुँदैछ।

दिउसो १२:१५ बजे सुरु हुने उद्घाटन खेलमा सन्दिप लामिछाने कप्तानीको काठमाडौँ किंग्स-११ र कुशल भुर्तेल कप्तानीको डिफेन्डिङ च्याम्पियन ललितपुर पेट्रिएट्स प्रतिस्पर्धा गर्दैछन्।

के छ बिगत ललितपुरको
गत सिजनको लिग विजेता टिम ललितपुर लिग चरणमा पनि ५ खेलमा ४ जित र १ हार व्यहोर्दै शिर्ष स्थानमा रहेर प्लेअफ प्रवेश गरेको थियो। पहिलो खेलमा बिराटनगरसंग ३ विकेटले पराजित भए पछि उत्कृस्ट पुनरागमन गर्ने क्रममा उसले लगातार ४ खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको थियो। पहिलो क्वालीफायरमा काठमाडौं किंग्स-११ लाई १ विकेटले पराजित गर्दै फाइनल पुगेको उसले उपाधि जित्ने क्रममा भैरहवालाई १४ रनले पराजित गरेको थियो।

टिम ललितपुर : कुशल भुर्तेल( कप्तान ), सुर्य तामांग, पवन सर्राफ, सन्दिप जोरा, सोनु तामांग, राशिद खान, शंकर राना, योगेन्द्र सिंह कार्की, नारायण जोशी, ललित राजबंशी, अरियो पौडेल, बिभत्सु थापा, कमल खत्री, नागराज सिंह, अज्मतुल्लाह ओमरजाई, ओशाडा फर्नान्डो, शनदुन विराक्कोडी र मिक्यो दोर्जी ।

के छ बिगत काठमान्डौ किङ्ग्स- ११ को
पछिल्लो सिजन २०१८ मा काठमाडौँ किंग्स-११ लिग अंक तालिकाको दोश्रो स्थानमा रहँदै प्लेअफ प्रवेश गर्न सफल रहेको थियो। पहिलो र दोश्रो क्वालिफायरमा ललितपुर र भैरहवासंग पराजित हुँदै टिमको यात्रा समाप्त भएको थियो। अहिले यस टिममा दुई ठुला नाम छन् सन्दिप लामिछाने र साहिद अफ्रीदी।

टिम काठमाडौ किङ्गस- ११ : सन्दिप लामिछाने ( कप्तान ) , अमित श्रेष्ठ, सुबास खकुरेल, राजु रिजाल, शेर मल्ल, सिद्धान्त लोहनी, संसाद शेख, दिपेन्द्र रावत, आकाश चन्द, अमर सिंह रौटेला, गुल्सन झा, शहिद अफ्रिदी, जनक प्रकाश, रायन बर्ल, रहमनुल्लाह गुर्बज ।

प्रतिक्रिया