एनभिए कपको फाइनल आज

पुरुषतर्फ आर्मी संग हेल्प नेपाल र महिलातर्फ एपीएफ संग न्यु डाइमण्ड भिड्दै


जनक केसी : नेपाल भलिबल संघको आयोजनामा जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेलहरु आज शनिबार हुँदैछ ।

विभागीय टिम आर्मी र साविक विजेता हेल्प नेपालबीचको फाइनल खेल दिउँसो ३ बजे राखेप कभर्डहलमा सुरु हुनेछ । दुबै टिम उपाधि जित्ने योजनामा रहेका छन् ।

यस्तै महिलातर्फको उपाधिका लागि एपीएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। एपीएफ र न्यु डायमन्डबीचको खेल दिउस १ बजे सुरु हुनेछ ।

पुरुषतर्फको तेस्रो स्थानको लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब प्रतिस्पर्धा गर्ने छन् । पुलिस र एपीएफको खेल बिहान ११ बजे सुरु हुनेछ ।

यस्तै महिलाको तेस्रो स्थानको नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ९ बजे सुरु हुनेछ ।

एनभिए च्याम्पियन हुने महिला र पुरुष टिमले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन् । ब्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन भने विधागततर्फ उत्कृष्ट हुने प्रत्यकले१० हजार पाउने छन् ।

प्रतिक्रिया