एफसी सङ्घारीको तेस्रो साधारणसभा सम्पन्न, विभिन्न बिधामा सम्मान प्रदान

सार्थक पुन, नेपालगन्ज : बाँके तथा बर्दियाका युवाहरुले स्थापना गरेको एफसी संघारी क्लबको तेस्रो साधारण सभा शनिबार नेपालगन्जमा सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष बिक्रम पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथीमा अखिल नेपाल फुटबल संघ लुम्बिनी प्रदेशका उपाअध्यक्ष सुर्य मणि अधिकारीको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथी अधिकारीले एफसी संघारीले नेपालगन्जको फुटबल बिकासमा योगदान पुराउदै आएको र आगामी दिनमा समेत फुटबल बिकासको लागि कार्य गर्नेमा आफू र संघ बिश्वस्त रहेको बताएका छन् । फुटबलको बिकासको लागि आफ्नो सदैव सहयोग रहने जिकिर गर्दै अधिकारीले क्लबको लागी ५ हजार एक रुपैयाँ सहयोग समेत हस्तान्तरण गरेका थिए ।

त्यस्तै कार्यक्रमको बिशिस्ट अतिथीमा लुम्बिनी प्रदेश खेलकुद बिकास समितिका कार्यालय प्रमुझ महेश चन्दले क्लबको भबिस्य राम्रो रहेको र क्लबले कोरोना लगत्तै नेपालगन्जको फुटबल गतिविधिलाई पुनः सुचारु गर्न खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

तेस्रो साधारणसभा कार्यक्रममा क्लबले गरेको कार्य र आगामी दिनको योजना र आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो भने क्लबका सदस्य सुभम चौधरी र सुरेश चौधरीलाई बेस्ट डिसिपिलिन प्लेयरको रुपमा सम्मानित गरिएको थियो । त्यस्तै क्लबले राईजिङ प्लेयरको रुपमा राकेश पौडेललाई सम्मान गरेको थियो ।

कार्यक्रममा नेपालगन्ज वडा नम्बर १२ का वडा सदस्य तरुण बज्राचार्य, एफसी संघारीका क्याप्टेन मनिस थापा,
क्लबका वरिष्ठ सल्लाहकार सन्तोश शाह, कोषाध्यक्ष धनबहादुर थारु लगायतको अतिथिको सहभागीता रहेको थियो ।

कार्यक्रममा क्लबका तर्फबाट स्वागत मन्तव्य राजु श्रीवास्तवले गरेका थिए भने कार्यक्रमको संचालन राम श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया