आर्मी र न्यु डाइमण्ड एनभिए कप च्याम्पियन

मान बहादुर र प्रतिभा उत्कृष्ट खेलाडी


जनक केसी :न्य डायमन्ड स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ भने पुरुष तर्फ आर्मीले जितेको छ।

आज भयको महिला तर्फको फाइनल खेलमा साबिक बिजेता एपिएफलाइ ३-१ को सेटमा हरायो।एपीएफले पहिलो सेटमा न्यु डायमन्डलाई २६-२४ ले हराएको थियो ।तर, त्यसपछिको सेटमा न्यु डायमन्डले एपीएफमाथि २५-२१, २५-१७ र २५-१५ को जित निकाल्यो ।

न्यु डाइमण्डका तर्फबाट सर्बोत्कृष्ट खेलाडी प्रतिभा सङ्गै उत्कृष्टमा पनि बर्चस्व राख्यो।उत्कृष्ट लिब्रो सलिना श्रेष्ठ , सेटर अरुणा शाही, सर्भर आर्मीकी संगम महतो, स्पाइकर आर्मीकी शान्ति थारु , ब्लकर एपीएफकी सरस्वती चौधरी र उत्कृष्ट प्रशिक्षक न्यु डायमण्डका कुमार राई चुनिए ।

रोमान्चक बनेको खेलमा आर्मीले पहिलो सेट २६-२४ ले जितेको थियो । भारतीय खेलाडीले भरिएको हेल्पले दोस्रो सेट २५-१७ ले आफ्नो बनायो ।तेस्रो सेटमा आर्मीले २५-१८ ले सहजै आफ्नो बनायो । त्यसपछि चौंथो सेटमा ३३-३१ को संघर्षपूर्ण जित निकाल्दै आर्मीले उपाधिमा कब्जा जमाएको हो ।

पुरुष तर्फ उत्कृष्ट मानबहादुर श्रेष्ठ उत्कृष्ट लिबेरो एपीएफका विनोद चन्द, सेटर पुलिसका ईम राना, सर्भर आर्मीका दुर्गा खड्का, स्पाइकर हेल्प नेपालका विनित कुमार, ब्लकर आर्मीका हरि अधिकारी र प्रशिक्षक आर्मीका जगत सिंह चुनिए ।

प्रतिक्रिया