बागेश्वरी कपमा न्यू डांँफे र नबदुर्गा बिजयी, सन्देशको ह्याट्रीक

जनक केसी ,नेपालगन्ज : न्यू बागेश्वरी नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो दिन दुई खेल भयका छन।

आज भयको पहिलो खेलमा न्यु डांँफे क्लबले सिटि युथ क्लबमाथि ५-०गोल अन्तरले बिजय प्राप्त गरेको छ।न्यु डाफेका तर्फबाट सन्देश गुरुङ्ग जर्सी नम्बर १० ले ह्याट्रीक गर्न सफल भए भने बिजय सिंह ठकुरिले १ तथा बिमल बस्नेतले १ गोल गर्न सफल भयका थिए ।

खेलमा आक्रमक देखियको न्यु डांँफेले धेरै अवसर खेर फालेको थियो। एक पक्षिय खेलमा खेल अबधिभर न्यु डांँफे मैदानमा हाबी देखियो ,सो खेलका म्यान अफ द म्याच ह्याट्रीक गोलकर्ता न्यु डांँफेका सन्देस गुरुङ्ग भए । गुरुङलाई पुरुस्कार एन्फाका पुर्ब केन्द्रिय उपाध्यक्ष गोबर्द्दन सिंह सम्झनाले प्रदान गर्नु भयको थियो।

त्यसै गरि दोस्रो खेलमा नबदुर्गा युवा क्लब र दङ्गा प्रहरीबिचको खेलमा ३-२ गोल अन्तरले नबदुर्गा बिजयी भयको छ।सो खेलमा नबदुर्गाका बिनोद बुढाथोकि प्रेम प्रकाश क्षेत्री र नेयमा हमालले तथा दङ्गा प्रहरीको तर्फ बाट शंकर थापाले २ गोल गरेका थिए । उक्त खेलमा नबदुर्गाका बिनोद बुढाथोकी म्यान अफ दि म्याच भयका थिए ।

भोलि तीन खेल हुनेछन, बिहान पहिलो खेल भैरब प्रसाद गण र युनाइटेड क्लब, न्यु डाँफे र रेसिङ्ग सहारा तथा अर्को खेल आरएनवाइसी र धम्बोजी क्लबका बिच हुने छ।
२१ गते सम्म चल्ने खेलमा भोलि दिउसो देखि क्वाटर फाइनल खेल हुने आयोजक क्लबका महासचिव तथा प्रतियोगिता सयोजक दिर्घराज आचार्यले जानकारी गराउनु भयो।

प्रतिक्रिया