नेकपा समाजबादीको उपमहानगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला सम्पन्न

नेपालगन्ज :नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादीको नेपालगन्ज उपमहानगरपालिका स्तरिय अगुवा कार्यकर्ता भेला बुधबार सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजबादी नेपालगन्ज नगर कमिटी अध्यक्ष सरोज तामाङको अध्यक्षतामा र नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य दल बहादुर सुनारको प्रमुख आतिथ्यमा सम्पन्न अगुवा कार्यकर्ता भेलामा बोल्दै सुनारले नेकपा एकीकृत समाजबादीले कम्युनिष्ट आन्दोलनको उपलब्धी रक्षा गर्ने बताउनुभयको छ ।

सुनारले कार्यकर्तालाई सम्बोधन गर्दै केपि ओली र केपि ओली प्रवृत्तिले नेकपा एमालेबाट बिद्रोह गर्नु परेको जिकिर गरेका थिए । नेपालमा कम्युनिष्ट आन्दोलनका उपलब्धी नै गुम्ने खतरा भए पछि बिद्रोहको विकल्प नरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजबादीका बाँके जिल्ला अध्यक्ष अशोक कोइरालाले केपि ओलिकै कारण नेकपा र एमाले फुटको वातावरण तयार गरेको बताए ।
कार्यकर्तालाई सम्बोधन गर्दै चुनाव चिन्हकै कारण केही साथिहरु अपहेलित हुँदै एमालेमा बसेको जिकिर गर्दै चुनाव चिन्ह राजनैतिक कुरा नभएको जिकिर गर्दै । चुनाव चिन्ह जे भए पनि हुन्छ तर कम्युनिष्ट आन्दोलका उपलब्धि जोगिनु पर्यो कोइरालाले बताए ।

भेलालाई सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले नेकपा समाजबादी पार्टी पार्टिको विधि र बिधानले चल्ने पार्टी भएको जिकिर गरेका छन् । विधि र पद्धतिमा नचलेकै र केपि ओलीको मनोमानी ढङ्गले एमालेलाई चलाउने क्रियाकलापले नै बिद्रोह गर्नु परेको जिकिर गरेका थिए ।

एमालेमा रहदा केपि ओली र केपि ओली प्रवृत्तिका ब्यक्तिहरुले नै एमालेमा समानान्तर कमिटी गठन गर्दै पार्टिलाई फुटको अवस्थामा धकेलेको बताएका थिए ।

थापाले चुनाव चिन्हकै कारण कुनै पार्टीमा कसैको दास भएर बस्ने कोहि कम्युनिष्टको सच्चा कार्यकर्ता नहुने समेत बताएका थिए ।

अगुवा कार्यकर्ता भेलामा नेकपा समाजबादी प्रदेश सदस्य लालबहादुर खत्रीले कम्युनिष्टको बिचार र सिद्धान्त महत्त्वपूर्ण हुने जिकिर गर्दै चुनाव चिन्ह त कम्युनिष्ट पार्टिको पहिले अर्कै समेत रहेको सम्झना गरेका थिए । भेलामा नेकपा बाँकेमा सहसचिव अब्दुल हुसेन खा लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रदेश सदस्य इन्द्र बहादुर थापा, प्रदेश सदस्य लाल बहादुर खत्री, प्रदेश सदस्य होमनाथ सापकोटा, प्रदेश सदस्य तुलसा थापा, प्रदेश सदस्य मन कुमारी चन्द, प्रदेश सदस्य, वाइबी आले, पदम अर्याल, मौलाना अब्बल जब्वारि मन्जरी, अनेरास्ववियु लुम्बिनी प्रदेश अध्यक्ष टेकेन्द्र मल्ल लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया