नगरमा छाडा चौपायका कारण दुर्घटना, उपमहानगरपालिका मुर्खदर्शक

जावेद अन्सारी : वीपी चोकदेखि धम्जोजी जाँदै थिए । उनी आफ्नै गतिमा थिए । अनटेस्ट मोटरसाइकल भएकाले उनको गति कमै थियो । तर सडकमा अचानक खच्चड निस्कियो । र, मोटरसाइकलमा झ्याम्म ठोक्कियो ।

नेपालगन्ज उपमहानगरपालिका ११ त्रिभुवन चोकका प्रदीप वर्मा घाइते भए । उनको ज्यान त जोगियो तर हात भने भाँचियो । उनको अहिले मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ ।

उनीमात्र होइन नगरपालिकाको गैरजिम्मेवार र वेवास्ताका कारण नगरभित्र यस्ता सवारी दुर्घटना दैनिकजस्तो भइरहेका छन् । छाडा गाइगोरु तथा गधा खच्चड व्यवस्थित गर्न नसक्दा नगरभित्र सवारी दुर्घटनाको जोखिम उच्च बनेको छ ।

यस्तै नगरसमेत क्रुप बनेको छ । नगरका मुख्य चोक र बजारक्षेत्रमा गाइगोरुको भीड नै लाग्ने गरेको छ । यहाँसम्मकी व्यस्त सडकमै गोरुको लडाइ नेपालगन्ज नगरमा देख्न सकिन्छ । गाइगोरुको लडाइले पैदल हिड्ने देखि रिक्सा, अटो र मोटरसाइकल चलाउनेलाई ठूलै जोखिम निम्तिने गरेको सर्वसाधरणहरु बताउँछन्।

छाडा पशुचौपाया व्यस्थित गर्ने सवालमा नेपालगन्ज उपमहानगरपालिकाले चासो नै दिन सकेको छैन्। मेयर धवल शम्शरे राणा, उपममेयर उमा थापामगर मुर्खदर्शक बनेका छन्।

उनीहरु त चार पांग्रे सवारीसाधनमा चढ्छन् । र, उनीहरुलाई के को जोखिम ? एकजना स्थानीयले भन्दै थिए । जोखिम भनेकै पैदल हिड्ने, अटो चलाउने, साइकल चलाउने र मोटरसाइकल चलाउनेलाई नै हो ।

नेपालगन्ज नगरमा जडान गरिएका सोलारवत्ती पनि बल्दैनन् । जस्का कारण रातीको समयमा दुर्घटना झन हुने गरेका छन्।

यहाँसम्म ठेला पसल व्यापारी पनि छाडा पशुचौपायाका कारण तनावमा छन् । ठेलामा राखिएका केरा, स्याउलगायतका फलफुल र तरकारी खाइदिने गरेका छन् ।

प्रतिक्रिया