उत्तर कोरियाली नेता किम जङ उनद्वारा अजय सेना निर्माण गर्ने घोषणा

२७ असोज । क्रुर शासकका रुपमा चिनिने ३७ वर्षीय उत्तर कोरियाली नेता किम जङ उनले अजय सेना निर्माण गर्ने घोषण गरेका छन् ।

सेनाको हतियार परीक्षणको निरीक्षण गर्ने क्रममा उनले विश्वमा कसैले पनि हराउन नसक्ने अजय सेनाको निर्माण गर्ने घोषणा गरेको सरकारी सन्चार माध्यम केसीएनले जनाएको छ । अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध रहिरहेका कारण पनि अजय सेना आवश्यक रहेको उनको भनाइ रहेको छ । नेता किमले आफूले विकास गरेको हातहतियार युद्धका लागि नभइ आत्मरक्षाका लागि मात्र भएको बताएका छन् ।

उनले सन् २०११ देखि नै उत्तर कोरियामा शासन गर्दै आएका छन् ।

प्रतिक्रिया