अस्पतालको बेडमा दशैं: नर्सले टीका लगाई दिदा बिरामीको मुहारमा खुसी

नेपालगन्ज : नेपालीहरुको महान पर्व बडा विजया दशमी सबैले आफ्नो आफ्नो क्षमता अनुसार रमाइलो गरेर मनाउँदै गर्दा अस्पतालमा उपचारार्थ रहेका बिरामीहरुले बेडमा नै टीका लगाएर दशैं मनाएका छन् ।

भेरी अस्पतालमा विभिन्न जिल्लाका भर्ना भएका बिरामीहरुलाई त्यहाँ कार्यरत नर्सिङ स्टाफ पार्बती बुढाथोकीले बिरामीलाई दशैंको टीका लगाई दिएर उनीहरुलाई घरको सम्झना बिर्साउने कोशिस गरेकी छिन् ।

उनले बिरामीलाई टीका लगाइ दिएर फलफूल दिइन भने अाफुले पनि बिरामीको हातबाट टीका लगाएको बताइन् ।

बुढाथोकीलाई तपाईंलाई कस्तो महसुस भएको छ भनि प्रश्न सोध्दा उनले जीवनमा धेरै पटक बुबा आमाको हातबाट टीका लगाइन्थ्यो आज उहाँहरुको हातबाट लगाउदा र उहाँको मुहारमा खुसी ल्याउन आफुले लगाइदिन पाउँदा अत्यन्तै खुसी भएको उनले बताइन् ।

प्रतिक्रिया