मागहरु सम्बोधन नभएसम्म आन्दोल निरन्तर रहन्छ : कर्मचारी युनियन

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनहरुले विभिन्न सात बुँदे माग राखेर अस्पतालमा कार्यरत कर्मचारी आन्दोलनमा छन् । आपतकालिन सेवा बाहेकका अन्य सबै सेवा ठप पारेका कर्मचारी युनियनहरुले मागहरु सम्बोधन नभएसम्म बन्दका कार्यक्रम निरन्तर रहने बताएका छन् ।

कर्मचारीहरुले आफुहरुको जायज मागहरुमा व्यवस्थापन पक्ष गम्भीर नभएको आरोप लगाएका छन् । यहाँसम्मकी सरकारले उपलब्ध गराएको सेवासुविधा समेत अस्पताल प्रशासनले आफैले राखेको तर कर्मचारीहरुलाई नदिएको उनीहरुको आरोप छ । तलवभत्ता वृद्धि लगायतका उनीहरुको मुख्य माग छ ।

पाँच वर्षदेखि कर्मचारीहरुको तलववृद्धि नभएको उहाँको भनाइ छ। स्थायी, अस्थायी र करारका कर्मचारीहरुको तहगत रुपमा नेपाल सरकारले कायम गरेअनुसार तलवभत्ता वृद्धि गरिनुपर्ने युनियनको भनाइ छ ।

पोषाक भत्ता स्वरुप प्रतिमहिना ६ सय रुपैयाँ दिने गरिएको छ । यस्तो महंगीमा त्यो कसरी सम्भव छ उहाँले भन्नुभयो–‘कम्तिमा यसलाई दोब्बर पार्नु पर्छ ।’ जोखिम र फर्मालिन भत्तालाई दुई सयबाट वृद्धि गरी पाँच सय पुर्याउनु पर्ने उहाँको भनाइ छ।

आन्दोलन परिचालन समिति केन्द्रीय कमिटीको बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको सहसंयोजक कुश्माखर बस्यालले बताउनुभयो । उहाँले अस्पताल व्यवस्थापनले पटकपटक सहमति गर्ने र त्यसको पालना नगर्ने गरेको भन्दै आरोप लगाउनुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश युनियनका नेताहरुले व्यवस्थापन पक्षले कर्मचारीहरुका जायज मागहरु तत्काल सम्बोधन गरी अस्पताललाई सुचारु गर्नुपर्नेमा जोड दिएका छन् । आज शिक्षण अस्पताल कोहलपुरमा प्लेकार्ड बोकेका कर्मचारीहरुले चर्को नाराबाजी समेत कर्मचारी गरेका थिए ।
शिक्षण अस्पताल कोहलपुर, शिक्षण अस्पताल नेपालगन्ज र बेसिक साइन्स चिसापानी तिनवटै ठाउँमा बन्द रहेको छ ।

प्रतिक्रिया