नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिका १८ बुद्धचोक भुजइगाँउमा केयर सिटि अस्पताल संचालनमा आएको छ ।
सुदुर पश्चिम तथा मध्यपश्चिम क्षेत्रलाई विशेष प्राथमिकता दिएर छिटो छरितो गुणस्तरीय सेवाको लागि नेपालगन्जमा केयर सिटि अस्पताल एण्ड रिसर्च सेन्टर सञ्चालनमा ल्याइएको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को बुद्धचोक भुजइगाँउमा २४ सै घण्टा जाँच तथा परामर्श सेवासमेत सुरु गर्ने अस्पतालका संचालक बालरोग विशेषज्ञ डा विष्णु कुमार थापाले बताउनु भयो ।
नेपालगन्ज १८ बुद्धचोक भुजइगाँउ केयर सिटि हस्पिटलको सोमबार डा बिष्णु कुमार थापाको घरको पारिवारिक सदस्य बाट संयुक्त रुपमा उद्घाटन गरे ।
कन्सल्टेन्ट फिजिसियन डा दृष्टि शाह नाक कान ,घाँटी विशेषज्ञ डा आनन्द कुमार झा स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डा राजन महत कन्सल्टेन्ट सर्जन डा सुरेश थापा लगायतका चिकित्सकहरुले फिजिसियन, दन्त रोग, बाल रोग, छाला तथा सौन्दर्य, स्त्री रोग, नाक, कान, घाँटीलगायत रोगको उपचार सेवा प्रदान गरिने बताइएको छ ।
डा विष्णु कुमार थापाले अस्पतालले समेत सामाजिक उत्तरदायित्व वहन गर्नु सुखद् पक्ष भएको बताए ।
अस्पतालले सस्तो र सुलभ रुपमा सेवा प्रदान गर्न संचालक थापाले जानकारी दिनु भयो ,सम्पुर्ण स्वास्थ सम्बन्धिका प्याथोलोजी ,भिडियो रेक्सरे फार्मेसी अस्पतालमै रहेको जानकारी दिनु भयो । उक्त कार्यक्रममा अलोष्का रामारोशन मेडिकलका संचालन सन्तोष शाह ,अन्य विभिन्न संघ संस्था लगाएत स्थानीय वासिन्दाको उपस्तिथि रहेको थियो ।











