नेपालगन्ज : सांग्रिला डेभलपमेन्ट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औ वार्षिकोत्सबको अबसरमा देशभर साक्षरता कार्यक्रम सन्चालन गरेको छ ।
बैंकले वार्षिकोत्सबको अवसरमा आफ्ना सम्पुर्ण शाखाहरु मार्फत मंगलबार दिनभर विभिन्न स्कुल तथा क्याम्पसहरुमा साक्षरता कार्यक्रम संचालन गरेको छ ।
यसै क्रममा नेपालगन्ज क्षेत्रअन्तर्गतका १६ वटै शाखा कार्यालयबाट समेत सो कार्यक्रम सन्चालन भइरहेको प्रबन्धक प्रकाश पोख्रेलले जानकारी दिनुभयो ।
बैंकले बाँकेको नेपालगन्ज रांझा स्थित ड्रीमल्याण्ड स्कुलमा वित्तिय साक्षरता कार्यक्रम संचालन गरिरहेको समेत जानकारी दिएका थिए ।










