साइबर क्राइम रोक्न के गर्दै छ बाँके प्रहरी ?

नेपालगन्ज : पछिल्लो समय फेसबुक तथा सामाजिक संजाल मार्फत हुने अपराध गतिविधि र आर्थिक समेत जोडिएको घटना नेपालगन्जमा पनि सुनिदै आएको छ ।

पछिल्लो समयमा बाँकेका मिडिया पर्सन, मिडियाका फेसबुक पेज ह्याकका घटना संगै सर्वसाधारणको फेसबुक एकाउन्ट ह्याक गरेर फ्रेन्ड लिस्टमा रहेका साथिहरु संग पैसा माग्ने र अनाधिकृत रुपमा फेसबुकमा क्रियाकलाप गरेका उदाहरण छन् ।

यस बिषयमा जिल्ला प्रहरी कार्यालयमा केही घटनाको उजुरी दर्ता भएपनि कतिपय सर्वसाधारणले आफ्नो आइडी ह्याक भएको वा आफ्नो पहुँच देखि टाढा गएको थाहा पाउन नसक्दा र त्यसतर्फ चासो नराख्दा कयौं घटनाहरु बाहिर आएका छैनन् ।

यस्तोमा जिल्ला प्रहरी कार्यालय बाँकेले कस्तो कदम चाल्दै छ त सोको बिषयमा उज्यालो अभियान मिडियाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसूदन न्यौपानेसंग गरिएको कुराकानी हेर्नुस् ।

प्रतिक्रिया