राजनीति तथा व्यवसायमा युवाहरु जाग्नुपर्ने बेला आएको नेपागन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी वलीले बताउनुभएको छ । आज नेपालगन्जमा निन्जा ईन्फोसिस प्रा.लि.को तेश्रो वर्षमा प्रवेशको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै वलीले देशको विकास गर्न र अहिलेको डिजिटल युगलाई साकार रुप दिन युवाहरु जुटनुपर्ने बेला आएको बताउनुभयो ।

डिजिटल नेपालको परिकल्पनाका साथ वि.स. २०७४ कात्र्तिक १४ आजैका दिन स्थापना गरिएको निन्जा इन्फोसिसले सफ्टवेयर निर्माण, विक्रि वितरण, अफिस व्यवस्थापन प्रणाली जस्ता निर्माण गर्ने कार्य गर्दै आएको निन्जाका अध्यक्ष रमेश क्षेत्रीले जानकारी दिनुभयो ।

वार्षिकोत्सव कार्यक्रममा संस्थालाई साथ र सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहको थियो ।











