निन्जाले सुरु गर्‍यो ‘ईनिन्जा होस्टिङ’

नेपालगन्ज : आइटी क्षेत्रमा छोटो समयमै लोकप्रिय बन्न सफल नेपालगन्जको संस्था हो निन्जा इन्फोसिस प्रालि। आइटी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यस् संस्थाले आइतबार आफ्नो दोस्रो वार्षिक मनाएको छ।

दोस्रो वर्ष पार गरि तेस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा निन्जाले नेपालगन्जको सुनाखरीमा रेस्टुरेन्टमा भव्य कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो।

वार्षिकोत्सवको अवसरमा निन्जाले रिसेलर होस्टिङ समेत लन्ज गरेको छ। अबदेखि आफ्नै होस्टिङको शुभारम्भ गर्दै निन्जाले टेक्स्ट नेपाल डटकम पनि सन्चालनमा ल्याएको छ।

डिजिटल नेपाल बनाउने अभियान सहित अगाडि बढेको निन्जाले वार्षिकोत्सब कार्यक्रममा डिजिटल पार्टनरलाई कदरपत्रसहित समेत गरेको थियो।

निन्जा इन्फोसिसका प्रबन्धक रमेश क्षेत्रीको सभापतित्व रहेको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली प्रमुख अतिथिको रुपमा रहनुभएको थियो।

त्यस्तै, क्यान महासंघ बाँकेका सचिव दिपक खड्का विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो।कार्यक्रममा समाजसेवी, पत्रकार लगायत आइटी संग सम्बन्धित व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया