बिपत्तिमा मल्हम लगाउदै कांग्रेस नेता अरुण प्रकाश सिंह राठौर

नेपालगन्ज : नेपालको विभिन्न भागमा बेमौसमी बर्षाका कारण आएको बाढीका कारण समस्यामा परेका बर्दियाका बासिन्दालाई राहत बितरण गरिएको छ ।

नेपाली कांग्रेस सङ्गठन विभागका केन्द्रीय सदस्य एवम पूर्व जिल्ला सभापति अरुण प्रकाश सिंह राठौरको समन्वय एवं नेपाली काङ्ग्रेस गेरुवा गाउँ कार्यसमितिको सहजीकरण तथा व्यवस्थापनमा बाढी पीडित गेरुवा वडा नम्बर २ को राजिपुर, सोनाहाटोल, बनघुस्रा र वडा न ३ को सोनाहाफाटा, सनकट्टी बन्कट्टी र लोहारपुर लगायत बिभिन्न गाउँहरुका बाढी पिडितहरुलाई राहत वितरण गरिएको हो ।

जिल्लामा जनप्रीय नेताको रुपमा छवि बनाउन सफल राठौरको पहलमा बर्दियाका बिपन्न र आर्थिक स्थिति कमजोर जेहेन्दार २०० बढि बिधार्थीहरुलाई छात्रवृत्ति र अपंगता महिला र मुक्त कमैयलालाई छात्रवृत्ति सहितको सिपमुलक सोरोजगर तालिम र उन्नत जातका बंगुर , भेडा र बाख्रा हरु बितरण समेत गर्दै आउनु भएको छ।

समाजसेवा नै मुख्य उद्देश्य बोकेका राठौरले समाज र गाउँ, आर्थिक, नैतिक र भौतिक रुपले बलियो भयो भने देश आफैमा मजबुत र सम्पन्न हुने विश्वास राख्नु भएछ ।

राहत वितरण कार्यक्रममा बर्दियाका युवा नेता संयोग जंग शाह समेतको सहभागीता रहेको थियो ।

बेमौसमी आएको बाढिको कारणले बाँके बर्दिया संगै देशको विभिन्न स्थानमा ठूलो जनधनको क्षती गरेको थियो भने बर्दियामा धेरै आर्थिक नोक्सानी समेत गरेको छ ।

प्रतिक्रिया